बुधबार, चैत १८, २०८२

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

 |  बुधबार, असोज २, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज २, २०८१

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बुधबार प्रदेश सभाबाट दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। प्रदेश सभाका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस  मिलेर सरकार चलाइरहेका मुख्यमन्त्री कार्कीले सहजै विश्वासको मत पाएका हुन्।

National life

प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत माग्दै प्रस्ताव पेश गरेकामा पक्षमा ६६ मत प्राप्त भएको छ। संविधानको धारा १६८ को उपधारा ५ अनुसार गत वैशाख २७ मा मुख्यमन्त्री नियुक्त एमाले नेता कार्कीले पहिलोपटक वैशाख ३१ मा विश्वासको मत लिएका थिए। त्यसबेलाको सहयात्री नेकपा माओवादी केन्द्रले भदौ १४ मा समर्थन फिर्ता लिएपछि कार्कीले बुधबार फेरि विश्वासको मत लिएका हुन्।

आजको बैठकमा ९३ सदस्यीय प्रदेशसभामका ८३ जना उपस्थित थिए।  बहुमतका लागि ४७ मत आवश्यक पर्छ।

 

प्रकाशित: Sep 18, 2024| 17:02 बुधबार, असोज २, २०८१
प्रतिक्रिया दिनुहोस्