आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार २ लाख ५० हजार सहयोग

पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार २ लाख ५० हजार सहयोग

 |  शुक्रबार, भदौ २८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २८, २०८१
National life
Shivam cement

गोरखा- धार्चे गाउँपालिका-५ सिङ्लास्थित रेसेफाँट पहिरोमा ज्यान गुमाएका पाँच जनाको परिवारलाई राहतस्वरुप प्रतिपरिवार २ लाख ५० हजार रुपैयाँ प्रदान गरिने भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए।

'पहिरोमा ज्यान गुमाएकामध्ये एकै परिवारका तीनजनाको परिवारलाई एकमुष्ट पाँच लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय भएको छ', उनले भने, 'रेशम गुरुङ र रमेश परियारको परिवारलाई दुई लाख ५० हजारका दरले राहत दिने निर्णय भएको छ।'

त्यसैगरी घाइते भएका दुई जनाको उपचार खर्च बेहोर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गर्ने निर्णय भएको छ। गत साउन १३ गते बिहान पहिरो खस्दा पाँच जनाको मृत्यु भएको थियो।

प्रकाशित: Sep 13, 2024| 20:31 शुक्रबार, भदौ २८, २०८१
प्रतिक्रिया दिनुहोस्