आइतबार, जेठ १७, २०८३

जीप दुर्घटनामा घाइते युवतीको भोलिपल्ट मृत्यु, चालक पक्राउ

 |  बुधबार, भदौ २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २६, २०८१

जीप दुर्घटनामा घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–८ की १८ वर्षीया सविना महरा रहेकी छन्।​

National life

सविनाको उपचारका क्रममा धनगढीस्थित निःसर्ग अस्पतालमा मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ। जिल्लाको सुर्नया गाउँपालिका–८ ढुंगाकोटमा बाचपानीबाट दोराका लागि छुटेको सुपप्र ०१०० ज १३५४ नम्बरको जीप मंगलबार दुर्घटनामा परेको थियो।

कच्ची सडकमा जीप दुर्घटना हुँदा चालक सुर्नया–७ का लालबहादुर कुँवरसहित पाँच जना घाइते भएका थिए। घाइतेमध्ये सविनालाई थप उपचारका लागि डडेल्धुरा अस्पतालबाट धनगढी ‘रेफर’ गरिएको थियो।

दुर्घटनामा घाइते भएका चालक लालबहादुर कुँवर, सुर्नया–८ का २१ वर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ वर्षीय मानबहादुर महरा र ४० वर्षीय धनबहादुर महरा डडेल्धुरा अस्पतालमा उपचारपछि घर फर्किसकेका छन्।

चालक लालबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Shivam cement

 

प्रकाशित: Sep 11, 2024| 14:33 बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्