बिहीबार, मंसिर १३, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • धनगढीमा बायोग्यास प्लान्टबाट जैविक मल र एलपी ग्यास उत्पादन थालियो

Siddartha premir insuranceSiddartha premir insurance

धनगढीमा बायोग्यास प्लान्टबाट जैविक मल र एलपी ग्यास उत्पादन थालियो

 |  बुधबार, भदौ २६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २६, २०८१

कैलाली- धनगढी उपमहानगरपालिका-२ स्थित बायोग्यास प्लान्टबाट जैविक मल र एलपी ग्यासको उत्पादन सुरुवात भएको छ।

himalayan bank box

विश्व बैंकको आर्थिक एवं प्राविधिक सहयोगमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको फोहरजन्य वैकल्पिक ऊर्जा उत्पादन कार्यक्रमअन्तर्गत कुहिने फोहरबाट उत्पादित जैविक मल र खाना पकाउने एलपी ग्यास उत्पादन हुन थालेको हो। 

देव ट्रेनिङ एण्ड म्यानेजमेन्ट सर्भिसका कार्यकारी निर्देशक रविनकान्त पन्तले बायोग्यास प्लान्टबाट उत्पादित जैविक मल र खाना पकाउने एलपी ग्यासको बिक्रीवितरणको कामसमेत सुरु भएको बताए। उनले बायोग्यास प्लान्टबाट जैविक मलको दैनिक उत्पादन क्षमता तीन हजार पाँचसय किलो रहेकामा हाल प्रतिदिन दुई हजार किलोग्राम उत्पादन भइरहेको बताए।

खाना पकाउने एलपी ग्यासको दैनिक उत्पादन गर्ने क्षमता एक हजार किलोग्राम रहेकोमा हाल पाँचसय किलो ग्राम उत्पादन भइरहेको उनले बताए। प्लान्टबाट उत्पादित जैविक मलको प्रतिकिलो २० रूपैयाँ र खाना पकाउने प्रतिएलपी ग्यासको (प्रतिसिलिन्डर) एक हजार चारसय ५० रूपैयाँ मूल्य कायम गरिएको निर्देशक पन्तले जानकारी दिए।

उनले क्षमताअनुसार उत्पादनका लागि तयार भएर काम सुरु गरिसकेको बताउँदै बजार नभएका कारणले क्षमताभन्दा कम उत्पादन गर्नुपरेको जानकारी दिए। बजार माग अनुसार उत्पादनको क्षमता पनि बढाउँदै लगिने उनको भनाइ छ।

Metro Mart
vianet

उनले बायोग्यास प्लान्टमा उपहानगरपालिकाले दैनिक रुपमा संकलन गर्दै आएको कुहिने फोहर, कृषि क्षेत्रको फोहर र औद्योगिक क्षेत्रको फोहरलाई गरी दैनिक ३० हजार किलोग्राम फोहरको व्यवस्थापन भइरहेको बताए। उनले संकलन भइरहेको कुहिने फोहरलाई बायोग्यास प्लान्टमा प्रशोधन गरी जैविक मल र एलपी ग्यासको उत्पादन गर्दै आएको जानकारी दिए।

बायोग्यास प्लान्टबाट कम्पोस्ट र झोल मल पनि उत्पादन भइरहेको छ। विश्व बैंकको सहयोगमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, धनगढी उपमहानगर र निजी क्षेत्रको त्रिपक्षीय साझेदारीमा गत आवमा २०८० सालमा झण्डै २१ करोड रूपैयाँको लागतमा बायोग्यास प्लान्ट निर्माण गरिएको थियो।

बायोग्यास प्लान्ट निर्माणमा सरकारको ४० प्रतिशत र देव ट्रेनिङ एण्ड म्यानेजमेन्ट सर्भिसको ६० प्रतिशत लगानी रहेको जनाइएको छ। देव ट्रेनिङले २० वर्षसम्म प्लान्ट चलाएर धनगढी उपमहानगरलाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ। रासस

प्रकाशित: Sep 11, 2024| 20:31 बुधबार, भदौ २६, २०८१
प्रतिक्रिया दिनुहोस्