बुधबार, पुस २, २०८२

शेफर्ड कलेजमा पत्रकारिता कानुनसम्बन्धि सेमिनार आयोजना

 |  मंगलबार, भदौ २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २५, २०८१

काठमाडौंको शान्तिनगरस्थित शेफर्ड मिडिया कलेज अफ मिडिया टेक्नोलोजीका विद्यार्थीले पत्रकारिता र कानुनको विषयमा सेमिनार आयोजना गरेका छन्।

National life

सो कलेजमा ब्याचलर्स इन मिडिया टेक्नोलोजी (बीएमटी) आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले पत्रकारहरुको सुरक्षामा कानुन कार्यान्वयनको भूमिकाको विषयमा सेमिनार आयोजना गरेका हुन्।

कार्यक्रममा अग्रज पत्रकार बबिता बस्नेत, पत्रकार/लेक्चरर शन्तराम बिडारी, अधिवक्ता लोकेन्द्र ओली तथा पत्रकार/रिसर्चर भीम गौतमले नेपालमा पत्रकारिता कानुन, त्यसको कार्यान्वयन, पत्रकारहरुले भोग्नु परिरहेका भौतिक, आर्थिक तथा मनोसामाजिक समस्या आदिका बारेमा प्रकाश पारेका थिए।

पत्रकारको हकहितका लागि कानुन भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको धारणा कार्यक्रममा सहभागी वक्ताहरुको थियो। राज्यको तर्फबाट प्रभावकारी कानुन कार्यान्वयन हुनुपर्ने र पत्रकार स्वयं पनि आफ्ना हकअधिकारका बारेमा सचेत हुनुपर्ने धारणा उनीहरुको थियो।

त्यस अवसरमा कलेजबाट बीएमटी सकेर पासआउट हुन लागेका विद्यार्थीहरुलाई खादा लगाई केक खुवाएर बिदाइ पनि गरिएको थियो।  शेफर्ड कलेजले पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा बीएमटी र एमएमटीको अध्यापन गराउँदै आएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 10, 2024| 14:39 मंगलबार, भदौ २५, २०८१
प्रतिक्रिया दिनुहोस्