बुधबार, पुस २, २०८२

जिल्ला अस्पताल हुम्लामा बिरामीको चाप बढ्यो

 |  मंगलबार, भदौ २५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २५, २०८१

सिमकोट- हुम्ला जिल्ला अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेको छ। मौसमी रुघाखोकीका बिरामी बढ्दा अस्पतालमा बिरामीको अत्यधिक चाप भएको अस्पतालले जनाएको छ।

National life

मौसमी बिरामीको चाप अत्यधिक बढेसँगै अस्पतालमा बिरामी राख्ने श्ययाको पनि अभाव हुन थालेको अस्पतालका डाक्टर सुनिल पुजाराले बताए। १५ श्ययाको क्षमता भएको हुम्ला अस्पतालमा हिजोआज बिरामी बढी भर्ना हुँदा समस्या भएको उनको भनाइ छ।

अस्पतालमा आइतबार मात्रै एक सय ५० जना विरामीले उपचार गराएका छन्। जसमा सबैभन्दा बढी ज्वरोका विरामी, झाडापखाला, निमोनिया र ग्याष्ट्रिकलगायत बिरामी छन्। सोमबार साँझ ४ बजेसम्म झण्डै ९० जना बिरामीको उपचार गरिएको अस्पताल स्रोतले बताएको छ।

केही दिनअघि दैनिक ५० जनासम्म उपचारका लागि पुग्ने गरेको भएपछि पछिल्ला दिनमा मौसमी रुघाखोकी, ज्वरोका बिरामी बढ्ने गरेको डा पुजाराले बताए।

जिल्ला अस्पतालमा उपचारका लागि सदरमुकाम आसपास गाउँका ठेहे, जोदाम, डाँडाफया, धारापोरी, बुराउँसे, बरगाउँ, यांचु, माजा, छिप्रालगायत गाउँबाट पुग्ने गरेका छन्। अहिले जिल्ला अस्पतालमा बिरामीको चाप बढेको भए पनि औषधि अभाव नभएको अस्पतालले जनाएको छ। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 10, 2024| 21:01 मंगलबार, भदौ २५, २०८१
प्रतिक्रिया दिनुहोस्