आइतबार, कात्तिक ३०, २०८२

यस्तो छ आजको राशिफल [२०८१ भदौ २१ गते]

 |  शुक्रबार, भदौ २१, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २१, २०८१

मेष : शिक्षामा गरेको लगानीबाट उत्साह बढ्नेछ। दक्षिणको लामो यात्रा नजानु राम्रो हुनेछ। खानेकुरामा अरुची हुँदा स्वास्थ्यमा समस्या थपिनेछ। न्यायपूर्वक गरेको पुरानो लगानीबाट आम्दानी बढ्नेछ। पारिवारमा प्रेम बढ्नेछ।

National life

वृष : राजनीतिमा झुकाब रहनाले तपाईंको स्थान सुरक्षित रहने दिन छ। बौद्धिक क्षेत्रमा मानसम्मान मिल्नेछ। पारिवारिक सम्बन्ध सुधार हुनेछ। सामाजिक काममा भने आलोचना बढ्नेछ। ।

मिथुन : नयाँ कामको थालनी हुने योग छ। मनमा उत्साह र उमङ्ग बढ्नेछ। अधुुरा काम बन्नेछन्। स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। पारिवारमा भने मनमुटाव हुनेछ।

कर्कट : आम्दानी बढ्नेछ। स्वदेशमा भन्दा विदेशमा मन जानेछ। आलोचना हुने दिन छ। पारिवारिक साथ सहयोग मिल्नेछ। बिहानै पन्छीलाई खानेकुरा दिए दिन सहज हुनेछ।

सिंह : नाम र दाम जुट्ने दिन छ। बोल्नु अगाडि सोच्नु राम्रो हुनेछ। तपाईं कुरा काट्नेहरु सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। इच्छा अनुसारको काम नहुँदा दोधार बढ्नेछ। आफैले निर्णय गरेर कामबाट सफलता मिल्नेछ।

Laxmi sunrise bank
kumari

कन्या : आफूले गरेको श्रम लगानीबाट मनमा शान्ति मिल्नेछ। घरमा पाहुनाको आगमन बढ्नेछ। धार्मिक व्यक्तिसँग अन्तरक्रिया हुनेछ। आफन्तसँगको भेटमा मन प्रशन्न हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

तुला : अनुत्पादक क्षेत्रमा गरेको लगानीले मनमा पीडा हुनेछ। आफ्नो निजी काममाभन्दा समाजसेवामा समय बित्नेछ। समाजसेवामा सक्रिय बन्दा परिवारमा टकराब हुनेछ। बौद्धिक कला र संस्कृतिको क्षेत्रमा तपाईंको सम्मान बढ्नेछ।

वृश्चिक : कर्मस्थानमा बलिया ग्रहको उपस्थिति भएकाले अप्ठेरो काम अरुबाट समाधान हुनेछन्। आफ्ना ऐच्छिक कामबाट नाम, दाम र सम्मान हुँदाहुँदै मनमा अनावश्यक चिन्ता बढ्नेछ। शनिदेवको शान्तिका लागि गणेशको चिन्तन गर्नु राम्रो हुनेछ।

धनु : तपाईंका विरुद्ध संगठित साथीहरु आज आफै विभाजित हुनेछन्। जसले गर्दा तपाईंलाई कसैले अवरोध गर्न नसक्ने देखिन्छ। स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा राम्रो वातावरण हुँदा मन शान्त हुनेछ।

मकर : तपाईंले आज निजी काममा बाधा र विरोधको सामना गर्नुपर्ने हुनसक्छ। सञ्चित धन खर्च हुने योग छ। मन अशान्त रहे पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवारमा हरेक काममा मेहनत गर्नुपर्ने दिन छ।

कुम्भ : मध्यसाढेसाती शनिदेवको प्रभावले मन अशान्त बन्नेछ। व्यवहारिक बोझले सताउने योग छ। जन्मकुण्डलीमा शनि लग्नबाट ३, ६ र ११ औं स्थानमा बसेमा ठुलो प्रगति हुनेछ। परिवारको वातावरण भने शान्त बन्नेछ।

मीन : मान र सम्मानमा वृद्धि हुनेछ। सेवामूलक कार्यमा मन रमाउने छ। सञ्चित धन खर्च गर्नुपर्ने काम आइलाग्नेछ। परिवारले भने अप्ठेरोमा साथ र सहयोग गर्नेछन्। बिहान गणेश भगवानको भजन सुनेमा दिन सहज बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रकाशित: Sep 06, 2024| 05:30 शुक्रबार, भदौ २१, २०८१
प्रतिक्रिया दिनुहोस्