आइतबार, जेठ १७, २०८३

पलेशालाई सरकारले ६५ लाख पुरस्कारसहित सम्मान गर्ने

 |  बिहीबार, भदौ २०, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २०, २०८१

काठमाडौं- पारा ओलम्पिकमा कास्य पदक जितेकी पलेशा गोवर्धनलाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ।

National life

प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउने पलेशालाई कर नकटाई ६५ लाख राशिको पुरस्कार दिने घोषणा गरेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाई ६५ लाख नै दिने स्पष्ट गरे। पेरिस पारालिम्पिक २०२४ अन्तर्गत भदौ १४ गते सम्पन्न  के-४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कास्य जितेकी थिइन्। पारा ओलम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन्।

प्रधानमन्त्री ओलीले नेपालबाट कुनै पनि खेलाडीको टोली विश्वस्तरको प्रतिस्पर्धामा जाँदा खेलाडीले केही दिन्छन् कि, केही लिएर आउँछन् कि भनेर आँखा त्यतातिर लगाएर र कान थापेर बस्ने गरेको बताए। 'नेपालीले मौका पाएपछि गर्छ भनेर मैले भन्दै आएको छु। यस पटक हामीले पारा ओलम्पिकमा उपस्थिति मात्र होइन, हस्तक्षेप र दख्खल दिएका छौं। पलेशाको जित नेपालीको जित हो। यसले औधी खुसी तुल्याएको छ। नेपालको इज्जत बढाएको छ,' प्रधानमन्त्री ओलीले भने।

 

Shivam cement

प्रकाशित: Sep 05, 2024| 13:27 बिहीबार, भदौ २०, २०८१
प्रतिक्रिया दिनुहोस्