बुधबार, असोज १, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पलेशा र पेरिस पारालिम्पिक्समा सहभागी खेलाडीलाई एनसेलको सम्मान

पलेशा र पेरिस पारालिम्पिक्समा सहभागी खेलाडीलाई एनसेलको सम्मान

 |  बुधबार, भदौ १९, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १९, २०८१

vianetvianet

काठमाडौं– पेरिसमा जारी पारालिम्पिक्स २०२४ खेलमा देशको लागि अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ।

Kumaribank

पलेशाको ऐतिहासिक जित र पेरिस पारालिम्पिक्स २०२४ मा देशलाई प्रतिनिधित्व गर्ने पारा खेलाडी तथा प्रशिक्षकको सम्मान स्वरुप एनसेलले पलेशालाई १० लाख र अन्य खेलाडी तथा प्रशिक्षकलाई पनि थप १० लाख पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ। एनसेलले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरुप यो सम्मानको घोषणा गरेको हो।

एनसेलले गत वर्षदेखि एनपीसीसँग नेपाली पारा खेलाडीको समग्र तालिम र विकासका लागि सहयोग गर्दै आएको छ।

 

प्रकाशित: Sep 04, 2024| 15:12 बुधबार, भदौ १९, २०८१
प्रतिक्रिया दिनुहोस्