शनिबार, जेठ ३, २०८२

मधेसका चार जिल्लामा ३३५ किमी हुलाकी सडक निर्माण

 |  मंगलबार, भदौ ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ११, २०८१

vianetvianet

जनकपुरधाम- मधेस प्रदेशको चार जिल्लामा हालसम्म तीन सय ३५ किलोमिटर हुलाकी सडक निर्माण भएको छ।

प्रदेशका धनुषा, महोत्तरी, सिरहा र सर्लाहीमा तीन सय ९३ किमी सडक निर्माण गर्नुपर्नेमा हालसम्म तीन सय ३५ किमी सडक निर्माण भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले जनाएको छ। 

यहाँ आर्थिक वर्ष २०७२-७३ बाट सुरु भई आव २०८०-८१ सम्म उक्त सडक निर्माण भएको कार्यालयका सूचना अधिकारी रञ्जीतकुमार रायले जानकारी दिए। अब यी जिल्लामा ५८ किमी सडक निर्माण गर्न बाँकी छ। 

यहाँ सडक निर्माणका लागि रु आठ अर्ब ५१ करोड ७९ लाख ३९ हजार तीन सय खर्च भएको कार्यालय प्रमुख कृष्णकुमार महतोले जानकारी दिए। सडक निर्माणले करिब ३५ लाख जनता लाभान्वित हुनुका साथै हुलाकी सडक छेउछाउका जमिनको मूल्यवृद्धि, आर्थिक गतिविधिमा बढोत्तरी भएको उनले बताए। केही स्थानमा विवाद भएकाले सम्पूर्ण काम गर्न नसकिएको महतोको भनाइ छ।

प्राप्त विवरणअनुसार सिरहामा २९ दशमलव ९८ किमी कमला बलान सडक, २७ दशमलव ४६ किमी गोलबजार जमदह लवदी र गरियानी खडग सडक र धनुषामा ३५ दशमलव ५८ किमी कदम चोक, कप्टौल, निकौरिया सडक, १० किमी यदुकोहा, खजुरीमहुवा सडक तथा १० दशमलव २६ किमी जनकपुरधाम–जलेश्वर भिट्ठामोड सडक निर्माण सम्पन्न भएको छ।

National life insurance

यसैगरी महोत्तरीमा २० किमी जनकपुर, बसविटी, बलुवा, हर्दिपोखरी, भिण्डा, सङ्ग्रामपुरसडक निर्माण गरिएको छ। सर्लाहीमा २२ दशमलव ४८ किमी बेल्ही त्रिभुवन नगरसडक, २१ दशमलव २० किमी फुलजोड त्रिभुवन नगरसडक तथा ४० दशमलव ३७ किमी शितलपुर, मलङ्गवा खरैयाटोल सडक, २६ दशमलव ५९ किमी नवलपुर– मलङ्गवा  तथा ४० दशमलव ५८ किमी नयाँरोड–बरहथवा र मधुवनी सडक तथा बरहथावादेखि पश्चिम ५२ किमी सडक निमार्ण सम्पन्न भएको सूचना अधिकारी रायले जानकारी दिए। यी खण्डमा ५१ वटा पुलसमेत निर्माण गरिएका छन्। रासस

प्रकाशित: Aug 27, 2024| 07:34 मंगलबार, भदौ ११, २०८१
प्रतिक्रिया दिनुहोस्