मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • नाडा अटो शोमा १३० स्टल रहने, ७५ हजारले अवलोकन गर्ने अपेक्षा

Siddartha premir insuranceSiddartha premir insurance

नाडा अटो शोमा १३० स्टल रहने, ७५ हजारले अवलोकन गर्ने अपेक्षा

 |  बुधबार, साउन ३०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३०, २०८१

काठमाडौं- यस वर्षको नाडा अटो शो ७५ हजार जनाले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेका छन्।

triton college

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै ६ दिनको अवधिमा ७५ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको जनाएको छ।

यसलाई नेपालको अटोमोबाइल क्यालेन्डरमा सबैभन्दा महत्त्वपूर्ण कार्यक्रमहरू मध्ये एक बनाउने आयोजकको भनाइ छ। शोमा सहभागी मध्ये एक जनाले हिरो जुम स्कूटर जित्ने अवसर पाउनेछन्, जसलाई सिजी मोटर्स प्रालिले प्रायोजन गरेको छ।

नाडा अटो शो २०२४ समितिका कार्यवाहक संयोजक अनुपकुमार बरालले जारी गरेको विज्ञप्तिमा नेपालको अटोमोबाइल क्षेत्रलाई प्रभावित गरेको हालको आर्थिक मन्दीलाई, नाडा अटो शोले उद्योगलाई पुनर्जीवित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उल्लेख छ। प्रदर्शनीलाई चार पांग्रे, दुई पांग्रे, हल्का व्यावसायिक सवारी साधन, अटो कम्पोनेन्ट र वित्तीय संस्थाहरूमा विभाजन गरिएको छ।

यस वर्षको प्रदर्शनीमा २४ चार पांग्रे ब्रान्डहरू, १९ दुई पांग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने आयोजकले जानकारी दिएका छन् । साथै, ३३ कम्पनीहरूले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूको प्रदर्शन गर्ने छन् । त्यस्तै ७ वित्तीय संस्थाहरूले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन् । शोमा ९५ प्रदर्शकहरू सहभागी हुने नाडाले जनाएको छ, जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन्।

Metro Mart
vianet

नाडा अटो शो अगस्ट २७ देखि सेप्टेम्बर १ सम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुनेछ।

प्रकाशित: Aug 14, 2024| 16:52 बुधबार, साउन ३०, २०८१
प्रतिक्रिया दिनुहोस्