मंगलबार, पुस १, २०८२

नेशनल लाइफ इन्स्योरेन्सको मुनाफा ५२ प्रतिशत बढ्यो

 |  बुधबार, साउन ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३०, २०८१

काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीका अधिकांश सूचक सन्तोषजनक रहेका छन्।

National life

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २६ करोड ६७ लाख ९२ हजार रुपैयाँ नाफा आर्जन गर्ने सफल भएका छन्। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५१.९७ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको नाफा १७ करोड ५५ लाख ५१ हजार रुपैयाँ रहेको थियो।

यसअवधिमा कम्पनीको बीमा कोषको आकार २२.५५ प्रतिशतले बढेर १ अर्ब ६० करोड ७५ लाख रुपैयाँ पुगको छ। अघिल्लो आवका भने कम्पनीको बीमा कोष १ अर्ब ३१ करोड १८ लाख रुपैयाँ रहेको थियो।

कम्पनीले आफ्ना बीमितहरुलाई एक वर्षमा ५५ करोड ५८ लाख ५७ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा ३९ प्रतिशतले कम हो। यता, कम्पनीको कुल बीमा शुल्क आर्जन ११.५२ प्रतिशतले घटेर ९० करोड १५ लाख रुपैयाँ पुगेको छ।

असार मसान्तसम्ममा कम्पनीको चुक्तापुँजी १ अर्ब ८ करोड १९ लाख रुपैयाँ र जगेड कोषको सञ्चिति ५६ प्रतिशतले बढेर ७० करोड ७४ लाख रुपैयाँ पुगेको छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Aug 14, 2024| 16:38 बुधबार, साउन ३०, २०८१
प्रतिक्रिया दिनुहोस्