शुक्रबार, असार १३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ८२ प्रतिशत बढ्यो

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ८२ प्रतिशत बढ्यो

 |  बुधबार, साउन ३०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३०, २०८१

vianetvianet

काठमाडौं- निर्जीवन बीमा कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ८२ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्षमा ३७ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा ६९ करोड २३ लाख कमाएको छ।

कम्पनीको प्रिमियमसहितको कुल आम्दानी बढ्दा नाफामा टेवा पुगेको छ। कम्पनीको खुद प्रिमियम आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष ७८ प्रतिशत बढेको छ।

अघिल्लो आर्थिक वर्ष खुद प्रिमियम आम्दानी १ अर्ब ११ करोड रहेकोमा गत आर्थिक वर्षमा १ अर्ब ९८ करोड छ। योसहित कम्पनीको कुल आम्दानी अघिल्लो आर्थिक वर्षमा २ अर्ब १ करोड रहेकोमा गत आर्थिक वर्षमा ३ अर्ब ५ करोड पुगेको छ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५२ पैसा रहेकोमा गत आर्थिक वर्षमा २४ रुपैयाँ ६७ पैसा छ।

कम्पनीको प्रतिसेयर नेटवर्थ २७३ रुपैयाँ ५० पैसा छ। कम्पनीको विशेष जगेडा कोषमा २ अर्ब ५० करोड रुपैयाँ छ भने महाविपत्ति कोषमा १८ करोड ९१ लाख रुपैयाँ छ।

 

प्रकाशित: Aug 14, 2024| 15:40 बुधबार, साउन ३०, २०८१
प्रतिक्रिया दिनुहोस्