शनिबार, जेठ १६, २०८३

नक्कली शरणार्थी प्रकरणमा बेचन झाविरुद्ध मुद्दा दर्ता

 |  बुधबार, साउन ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन ३०, २०८१

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणको पूरक अभियोग जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बेचन झाविरुद्ध अभियोगपत्र दायर गरेको हो।

National life

सरकारी वकिल कार्यालयले बेचनलाई ठगी, लिखत किर्ते, राज्य विरुद्ध र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ। दोस्रो चरणको अनुसन्धान घेरामा आएका थप प्रतिवादी भने पक्राउ परेका छैनन्।

नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा झाबाट २८ करोड ८१ लाख ७४ हजार रकम असुल गर्नुपर्ने सरकारी मागदावी छ। मुलुकी अपराध संहिता–२०७४ को दफा २५४ बमोजिम प्रतिवादीबाट पीडितहरूलाई रकम भराउन मागदाबी लिइएको छ। 

झालाई एकीकृत कसुरमा पनि थप सजाय हुनुपर्ने सरकारको मागदाबी छ। गत १४ असारमा झालाई प्रहरीले पक्राउ गरेको थियो। झाले प्रहरीमा इन्कारी बयान दिएका छन्। तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई नचिनेको तथा आफूले पैसा पनि नलिएको उनको दाबी छ। 

सचिव पाण्डेले राजनीतिक सम्पर्कमा आएका बेचनमार्फत यस प्रकरणको थप थाहा हुने बयान दिएका थिए। साथै रामशरण केसीले झालाई दुई करोड रुपैयाँको चेक दिएको बताएका थिए।

Shivam cement

प्रकाशित: Aug 14, 2024| 11:58 बुधबार, साउन ३०, २०८१
प्रतिक्रिया दिनुहोस्