काठमाडौंको सानो भर्याङस्थित एक काठ उद्योगमा आगलागी भएको छ। मंगलबार राति करिब ९ बजे इचंगुनारायण काष्ठ उद्योगमा आगलागी भएको हो।
उक्त उद्योग पृथ्वीबहादुर थापाले सञ्चालन गरेका थिए। आगलागीको कारण खुलेको छैन। आगलागी नियन्त्रणमा लिन तीनवटा दमकल प्रयोग भएको छ।
नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।