सोमबार, भदौ २४, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • शान्ति प्रक्रिया सफलताका साथ निष्कर्षमा पुर्‍याउँछौं: प्रधानमन्त्री ओली

शान्ति प्रक्रिया सफलताका साथ निष्कर्षमा पुर्‍याउँछौं: प्रधानमन्त्री ओली

 |  मंगलबार, साउन २९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २९, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्तिप्रक्रियालाई सफलताका साथ निष्कर्षमा पुर्‍याउने बताएका छन्।

triton college

मंगलबार महान्यायाधिवक्ता कार्यालयमा आयोजित सरकारी वकिलहरूको छलफलमा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा विभिन्न देशले चासो व्यक्त गरिरहेको भन्दै सफलताका साथ निष्कर्षमा पुर्‍याउने बताएका हुन्।

उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सदनमा पेस भएको र यही अधिवेशनबाट पारित गर्ने जिकिर गरे। उक्त विधेयक पीडितमैत्री र पीडित केन्द्रित भएर बनाइएको उनको दाबी छ।

त्यस्तै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सामाजिक मूल्यमान्यता तोड्ने प्रयास भइरहेको बताएका छन्। उनले वर्तमान सरकारले देशविरोधी काम नगर्ने र विकासको कामलाई सकारात्मक ढंगले अघि बढाउने उल्लेख गरे। उनले अहिलेको सरकारले आलोचना गर्ने ठाउँ नदिने गरी काम गर्ने समेत बताए।

प्रकाशित: Aug 13, 2024| 19:53 मंगलबार, साउन २९, २०८१
प्रतिक्रिया दिनुहोस्