सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • हवाई दुर्घटनाबारे छलफलका लागि संसद्‌मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

हवाई दुर्घटनाबारे छलफलका लागि संसद्‌मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

 |  मंगलबार, साउन २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २९, २०८१

काठमाडौं- नेपालमा बारम्बार भइरहेका हवाई दुर्घटनाबारे संसद्मा छलफल हुनुपर्ने माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएकी छन् ।

National life

सांसद गौतमले मंगलबार संसद् सचिवालयमा आफ्नो प्रस्ताव दर्ता गराएकी हुन् । उक्त प्रस्ताव अन्तर्गत संसद्‌मा छलफल गर्न खोजिएका विषयमा भनिएको छ, 'नेपालमा बारम्बार भइरहेका हवाई दुर्घटना न्यूनीकरणका उपायहरूबारे छलफल गर्न, हवाई दुर्घटना दोहोरिइरहने तर नियामक निकाय र हवाई सेवा प्रदायकलाई जिम्मेवार बनाउन नसकिएको अवस्थालाई परिवर्तन गरी यी निकायका सम्बन्धित अधिकारिहरूलाई जिम्मेवार बनाउन ।'

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई संसद्बाट निर्देशन दिनका लागि माग गर्दै दर्ता गराइएको प्रस्तावमा नेपालमा हवाई दुर्घटनापछि छानबिन समिति बन्ने तर प्रतिवेदनले औँल्याएका सुझाव कार्यान्वयन नहुने अवस्थाको अन्त्य गराउनुपर्ने पनि उल्लेख छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायकमा विभाजन गर्नका लागि पहल लिन पनि संसद्मा छलफल हुनुपर्ने प्रस्तावमा उल्लेख छ । 'नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायको रुपमा विभाजन गरी नागरिक उड्डयन क्षेत्रको नियमन कार्यलाई प्रभावकारी बनाउन र सेवा प्रदायकहरूको सेवालाई समेत व्यवस्थित गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रम एवं अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन र अन्य अन्तर्राष्ट्रिय सस्थाहरूको सिफारिस किन लागु नभएको हो भन्नेबारे छलफल गर्न ।'

त्यस्तै, नेपालमा हवाई यात्रा सुरक्षित बनाई उड्डयन सुरक्षा बारे सर्वसाधारणमा परेको नकरात्मक प्रभाव अन्त्य गर्नका लागि पनि संसद्को छलफलले सहयोग पुग्ने प्रस्तावमा उल्लेख छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको नियामकीय भूमिका किन फितलो भएको हो भन्नेबारे पनि संसद्ले छलफल गर्नुपर्ने प्रस्तावमा माग गरिएको छ । दुई साताभित्रै दुईवटा हवाई दुर्घटना भएपछि हवाई सुरक्षालाई लिएर चिन्ता व्यक्त भइरहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 13, 2024| 17:00 मंगलबार, साउन २९, २०८१
प्रतिक्रिया दिनुहोस्