सोमबार, मंसिर २९, २०८२

मानव बेचबिखनको अभियोगमा एकजना पक्राउ

 |  मंगलबार, साउन २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २९, २०८१

काठमाडौं- ‘ग्रिन कार्ड’को प्रलोभनमा पारी मौरिसस पुर्‍याई मानब बेचबिखन गरेको अभियोगमा झापा कमल गाउँपालिका–१ का ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। 

National life

पीडितले गत असार २० गते नेपाल फर्किएर उजुरी दिएपश्चात् मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलले न्यौपानेलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–७ गौरीघाटबाट पक्राउ गरेको हो। न्यौपानेले मासिक रु ७० हजार तलबमा ‘कुक’को काम लगाइदिने तथा काम गरेको केही समयपछि ‘ग्रिन कार्ड’ पाइने भनी प्रलोभन देखाई मौरिसस पुर्‍याएको पीडितको उजुरीमा उल्लेख छ। 

पीडितबाट रु दुई लाख ५० हजार लिई विसं २०८० मङ्सिर १३ गते भारतको नयाँ दिल्ली हुँदै मौरिसस पुर्‍याई मौरिसियन नागरिकको जिम्मा लगाई दैनिक १७/१८ घण्टा घरको काम लगाई समयमा खान र तलबसमेत नदिई चरम श्रम तथा यौनशोषण गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। 

अभियुक्त न्यौपानेउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थपको अनुमति लिई  प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: Aug 13, 2024| 15:23 मंगलबार, साउन २९, २०८१
प्रतिक्रिया दिनुहोस्