आइतबार, मंसिर २८, २०८२

सिमलताल दुर्घटना

महिना दिनमा पनि भेटिएनन् त्रिशूलीमा बेपत्ता ४० यात्रु

 |  सोमबार, साउन २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन २८, २०८१

काठमाडौं- दुईवटा बस र त्यसमा रहेका यात्रुहरू पहिरोमा परेर त्रिशूलीमा बगेको आज सोमबार महिना दिन पूरा भएको छ। केही यात्रुको शव भेटिए पनि बस र केही यात्रु अझै भेटिएका छैनन्।

National life

नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल क्षेत्रको सिँदुरेगैरामा आएको लेदोसहितको पहिरोमा परी असार २८ गते शुक्रबार बिहान साढे तीन बजेतिर दुईवटा यात्रु बस सडकदेखि तल त्रिशूली नदीमा खसेका थिए।

दुईमध्ये एउटा बसका तीनजना यात्रुले नदीमा पुगे पनि आफैं पौडेर ज्यान जोगाएका थिए। दुईवटै बस र बाँकी यात्रु त्रिशूलीमा बगेर बेपत्ता भएका थिए। खोजीका क्रममा नारायणी नदीको तट र त्रिवेणी अनि त्योभन्दा पनि तल भारतीय क्षेत्रमा २५ वटा शव भेटिएका थिए।

दुर्घटनास्थलभन्दा १०७ किलोमिटर तल पनि शव भेटिएका थिए। भेटिएकामध्ये १९ वटा शवमात्रै दुर्घटनामा परेका बसका यात्रु भएको पुष्टि भएको छ। दुई बसमा ६२ जना यात्रु थिए। अर्थात् ४० जना यात्रुको अवस्था अझै अज्ञात छ। दुर्घटनामा परेकामध्ये काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बसमा ३६ जना र वीगञ्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल बसमा २६ जना करी कुल ६२ जना यात्रु थिए। यीमध्ये गणपति यातायातको बसका तीनजना यात्रुमात्रै बाँच्न सफल भए।

हराएका बस र यात्रु खोज्न भारतबाट समेत प्राविधिकहरूको टोली आएको थियो तर त्यसले पनि केही भेट्टाउन सकेन। भारतीय टोली फर्केसँगै पहिलो चरणको खोजी कार्य सकिएको प्रशासनले बताएको थियो।

Laxmi sunrise bank
kumari

नेपाली सुरक्षाकर्मीको टोलीले भने अहिले पनि दोस्रो चरणको खोजी जारी राखेको छ। सशस्त्र प्रहरीले दुर्घटनास्थल सिमलतालभन्दा केही तल घुमाउने केराबारीदेखि भोर्ले क्षेत्रमा त्रिशूली नदीमा नियमित निगरानी गरिरहेको छ। ११ जनाको टोली यसमा खटेको छ।

सशस्त्रले गोताखोर टोलीलाई पनि तयारी अवस्थामा राखेको छ। नवलपरासीको टोलीले नारायणी क्षेत्रको त्रिवेणीसम्म निगरानी गरिरहेको छ।

प्रकाशित: Aug 12, 2024| 10:21 सोमबार, साउन २८, २०८१
प्रतिक्रिया दिनुहोस्