शनिबार, जेठ १६, २०८३

विषालु च्याउ खाँदा गुल्मीमा एकै परिवारका ८ जना बिरामी

 |  सोमबार, साउन २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन २८, २०८१
National life
Shivam cement

गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी परेका छन्। आइतबार साँझ च्याउ खाएका रेसुंगा नगरपालिका-८ खानीगाउँका टोमबहादुर थापा श्रीशको परिवार बिरामी परेको हो।

आइतबार बेलुका रेसुंगा सामुदायिक वनबाट ल्याएको च्याउ खाएका उनीहरू राति बिरामी परेका थिए। च्याउ खाएर ६५ वर्षको टोमबहादुर थापा, उनीकी श्रीमती ६२ वर्षकी दिलकुमारी श्रीश, छोरा २९ वर्षका विकास थापा, नातिनी १० वर्षकी दिपदिका थापा, १२ वर्षकी विनीषा थापा, छोरी ४२ वर्षको सिर्जना काउछा, छोरी ३९ वर्षकी गीता थापा बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

गुल्मी जिल्ला अस्पतालमा सामान्य उपचारपछि उनीहरूको थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा लगिएको छ।

प्रकाशित: Aug 12, 2024| 09:42 सोमबार, साउन २८, २०८१
प्रतिक्रिया दिनुहोस्