सोमबार, मंसिर २९, २०८२

कांग्रेस बैठकमा मन्त्रीहरुको कामबारे असन्तुष्टि

 |  आइतबार, साउन २७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन २७, २०८१

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बसिरहेको छ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो।

National life

बैठकमा प्रस्तावित ११ वटा एजेन्डामा छलफल जारी छ। नेताहरूले आफ्ना धारणा राखिरहेका छन्।

साथै समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल भइरहेको छ। बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले नेतृत्व र सरकारमा सहभागी मन्त्रीहरूको काम कारबाहीबारे गरिरहेका छन्।

कांग्रेस बैठकमा एमालेसँग गठबन्धन बन्नुको औचित्य पुष्टि गर्नुपर्ने आवाज पनि उठेको छ। केन्द्रीय सदस्यहरुले प्रतिपक्षमा हुँदा आफूले उठाएका सहकारी ठगी, गिरीबन्धु टी–स्टेट, नक्कली भुटानी शरणार्थीलगायतका विषयलाई सरकारले टुंगो लगाउनुपर्ने विषयसमेत उठाएका छन्।

गत बुधबारबाट सुरु भएको बैठकमा विभिन्न ११ वटा एजेन्डा पेस भएका छन्। त्यसमा आफ्ना धारणा राख्ने क्रममा सदस्यहरुले एमालेसँग गठबन्धन गर्नुको औचित्य पुष्टि गर्न नेतृत्वलाई दबाब दिएका छन्। विशेषगरी दुई पार्टीका कार्यशैली फरक भएका कारण काम गर्न सकस हुने र दिगो हुनेमा सदस्यहरुको आंशका छ। यसबाहेक गठबन्धन गर्दा प्रमुख रुपमा एजेन्डा बनाइएको संविधान संशोधनको विषयमा पार्टी स्पष्ट हुनुपर्ने धारणा पनि नेताहरुले राखेका छन्।

Laxmi sunrise bank
kumari

नेपाली कांग्रेसका नेताहरुले आफू प्रतिपक्षमा रहँदा गिरीबन्धु टी-स्टेट, सहकारी प्रकरण, नक्कली भुटानी शरणार्थीलगायतका विषयलाई संसदमै चर्को रुपमा आवाज उठाएका थिए। चर्चा भएका भ्रष्टाचारका विभिन्न प्रकरणको निष्पक्ष छानबिन गरेर टुंगोमा पुर्‍याउन पहल गर्नुपर्ने नेताहरुको धारणा छ ।
 

प्रकाशित: Aug 11, 2024| 12:56 आइतबार, साउन २७, २०८१
प्रतिक्रिया दिनुहोस्