मंगलबार, पुस १, २०८२

बंगलादेशमा हिन्दू अल्पसंख्यकमाथिको आक्रमण चिन्ताजनक: कांग्रेस

 |  शनिबार, साउन २६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, साउन २६, २०८१

काठमाडौं- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले छिमेकी मुलुक बंगलादेशमा केही सातादेखि विकसित भइरहेको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ।

National life

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकबारे जानकारी दिँदै मुख्यसचिव कृष्णप्रसाद पौडेलले बंगलादेशको राजनीतिक अवस्थाबारे पार्टी गम्भीर रहेको बताए। ‘नेपाली कांग्रेसले लोकतान्त्रिक र शान्तिपूर्ण बंगलादेशको पक्षमा रहेको तथा बंगलादेशी नागरिकको लोकतान्त्रिक तथा मानव अधिकारलाई उच्च सम्मान गर्दै आएको छ’, पौडेलले भने, ‘त्यसैले लोकतन्त्र र शान्तिप्रेमी बंगलादेशी नागरिकको चाहना र भावना अनुसार लोकतान्त्रिक र संवैधानिक प्रक्रिया अविलम्ब बहाल भई राजनीतिक संक्रमण अन्त्य हुने नेपाली कांग्रेस विश्वास गर्दछ ।’

कांग्रेसले बंगलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मोहम्मद युनुसलाई बधाई पनि दिएको छ। अन्तरिम सरकारले सबै राजनीतिक पार्टी, नागरिक समाज र आन्दोलनकारी पक्षहरूसँग समेत परामर्श गरी निर्वाचनको मिति घोषणा गर्ने अपेक्षा कांग्रेसले गरेको छ।

कांग्रेस बैठकले बंगलादेशका हिन्दु र अन्य अल्पसंख्यकमाथि भएको आक्रमणप्रति पनि चिन्ता गरेको छ। उसले बंगलादेशमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा बंगलादेशी नागरिक सहभागी भई निर्वाचन सम्पन्न हुने विश्वास पनि लिएको छ।

‘विरोध प्रदर्शनका क्रममा धार्मिक अल्पसंख्यक विशेष गरी हिन्दु, वुद्धिष्ट समुदायमाथि आक्रमण गरिएका घटना चिन्ताजनक छन्’, पौडेलले भने, ‘धार्मिक अल्पसंख्यकका अधिकार संरक्षण गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गरी शान्तिपूर्ण वातावरण बनाउन सफल हुने कांग्रेसले विश्वास लिएको छ।’

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 10, 2024| 06:48 शनिबार, साउन २६, २०८१
प्रतिक्रिया दिनुहोस्