शनिबार, जेठ १६, २०८३

विमान दुर्घटनामा ६२ जनाको मृत्यु

 |  शनिबार, साउन २६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, साउन २६, २०८१
National life
Shivam cement

ब्राजिलको साओ पाउलोमा ६२ जना सवार विमान दुर्घटना भएको छ। विमानमा रहेका ५८ यात्रु र ४ चालक दलका सदस्य सबैको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। 

ब्राजिलको दक्षिणी राज्य परानाको कास्काभेलबाट साओ पाउलोका लागि उडेको भोएपास एयरलाइन्सको ट्विन इन्जिन टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको हो।  स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार दुर्घटनामा कुनै यात्रुको जीवितै उदुधार गर्न सम्भव भएन।

सामाजिक सञ्जालमा भाइरल बनिरहेको विमान दुर्घटनाको भिडियोअनुसार जहाज एक चक्कर लगाएर धुँवाको मुस्लो उडाउँदै दुर्घटना भएको छ।
विमान दुर्घटना के कारणले भएको हो खुलेको छैन।

प्रकाशित: Aug 10, 2024| 06:41 शनिबार, साउन २६, २०८१
प्रतिक्रिया दिनुहोस्