मंगलबार, पुस १, २०८२

काँचो स्याउ संकलन गर्ने व्यापारीका गोदाममा ताला

 |  शुक्रबार, साउन २५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २५, २०८१

जुम्ला- तिला गाउँपालिकाले काँचो स्याउ संकलन गरेका गोदाममा ताला लगाइएको छ। गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाको नेतृत्वमा पालिकाका कर्मचारी र रारालिही प्रहरी चौकीका प्रहरीसहितको टोलीले काँचो स्याउ संकलन भएका तिला-१ रारा सेरिबजारमा रहेका ६ गोदाममा ताला लगाएको हो। 

National life

उपाध्यक्ष बुढाका अनुसार राम्रोसँग नपाकेको स्याउ संकलन गर्ने व्यापारीका गोदाममा ताला लगाइएको छ। गाउँपालिकाको निर्णय र निर्देशनविपरीत लुकिछिपी स्याउ संकलन गरेका व्यापारीका गोदाममा ताला लगाइएको उनले बताइन्।

यसअघि गाउँपालिकाले आगामी भदौ ५ गतेसम्म स्याउ बाहिरी जिल्लामा निर्यात नगर्न तथा काँचो स्याउ नटिप्न सूचना जारी गरेको थियो।

स्याउ बिक्री गर्न व्यापारीले अनिवार्य वडा र कृषि शाखाको सिफारिस लिनुपर्ने गाउँ कार्यापालिकाबाट निर्णय गरिएको उपाध्यक्ष बुढाको भनाइ छ। लुकिछिपी स्याउ बिक्री भइरहेको सूचना प्राप्त भपछि स्याउ भण्डार गरिएका ६ गोदाम सिल गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालचन्द्र बुढाले जानकारी दिइन्। 

तिलाका विभिन्न वडा तथा बस्तीमा पालिकाको निर्णयविपरीत स्याउ संकलन भइरहेको पाइएपछि गोदाम सिल गरिएको रारालिही प्रहरी चौकीका इन्चार्ज टिबी घर्तीमगरले बताए।

Laxmi sunrise bank
kumari

कृषि विकास कार्यालय जुम्लाले पनि सार्वजनिक सूचनामार्फत काँचो स्याउ बजारमा नपठाउन जिल्लाका किसान र व्यापारीलाई आग्रह गरेको छ। रासस

प्रकाशित: Aug 09, 2024| 13:32 शुक्रबार, साउन २५, २०८१
प्रतिक्रिया दिनुहोस्