आइतबार, जेठ २४, २०८३

ज्वरो र झाडापखालाका बिरामीले दमौली अस्पताल भरिभराउ

 |  शुक्रबार, साउन २५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २५, २०८१
National life
Shivam cement

तनहुँ- सदरमुकामस्थित दमौली अस्पतालमा ज्वरो र झाडापखालाका बिरामी भरिभराउ हुन थालेका छन्। वर्षायाम सुरु भएयता बिरामीको चाप बढ्दै गएको छ। एक सातादेखि यहाँ ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या अधिक बढेको छ।
  
असारदेखि हालसम्म ज्वरो र झाडापखालाका बिरामी दैनिक उपचार गर्न आउने गरेका अस्पतालका सूचना अधिकारी डा कमल भण्डारीले जानकारी दिए। उनका अनुसार अस्पतालमा दैनिक तीन सय ५० देखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन्। उनले भने, ‘उपचारमा आउने बिरामीमध्ये अधिकांश ज्वरो र झाडापखालाका छन्।’
 
‘अस्पतालमा दैनिक ज्वरो, डेङ्गु र झाडापखालाका बिरामी उपचारका लागि आउने गरेका छन्’, सूचना अधिकारी डा भण्डारीले भने। डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने उहाँको सुझाव छ। डेङ्गुका बिरामीमा धेरै टाउँको दुख्ने, बान्ता हुने, पेट दुख्ने, सेतो रगतको मात्रा घट्ने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखापर्ने गर्दछ। उनले भने, ‘सामान्य अवस्था भएमा घरमा आराम गरेर पनि उपचार गराउन सकिन्छ।’

डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्ने, जमेको पानी हटाउने, लामा बाउला भएका कपडा लगाउने, झुल लगाएर सुत्ने गर्नुपर्छ। दैनिक १०–१५ बिरामी झाडापखालाका उपचार गर्न आउने गरेका छन्।

प्रकाशित: Aug 09, 2024| 11:31 शुक्रबार, साउन २५, २०८१
प्रतिक्रिया दिनुहोस्