शनिबार, जेठ १६, २०८३

माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि

 |  शुक्रबार, साउन २५, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २५, २०८१
National life
Shivam cement

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आजदेखि बस्दैछ। समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र पार्टी निर्माणबारे छलफल गर्न आज अपराह्न ४:०० बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा उक्त बैठक बस्न लागेको हो। 

बैठकमा यसअघि पार्टीको भूमिकाको समीक्षा गर्दै आगामी कार्ययोजनाका बारेमा छलफल हुने माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकमा जनपरिचालन, सङ्गठन निर्माण र विस्तारका बारेमा पनि छलफल हुने उनले बताए। 

त्यसअघि आजै बिहान ११:०० बजे माओवादी केन्द्रको कार्यालय बैठक बस्नेछ। उक्त बैठकले स्थायी समितिका बैठकका ‘एजेण्डा’ तय गर्ने सो पार्टीले जनाएको छ।

प्रकाशित: Aug 09, 2024| 09:31 शुक्रबार, साउन २५, २०८१
प्रतिक्रिया दिनुहोस्