सोमबार, मंसिर २९, २०८२

आज राति पनि भारी वर्षाको सम्भावना

 |  मंगलबार, साउन २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २२, २०८१

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित छ।

National life

२०८१ साउन २३ गते (बुधबार)
दिउँसोː देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।  लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको साथै सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा धेरै भारी वर्षाको र एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।  

रातीː देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

२०८१ साउन २४ गते (बिहीबार)
दिउँसोː देशभर साधारणतया बदली रहने छ। मधेश प्रदेशको केही स्थानहरूमा तथा बाँकी प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  एक-दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ। 

रातीː देशभर  आंशिक देखि साधारणतया बदली रहने छ। कोशी,बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। 

Laxmi sunrise bank
kumari

चेतावनी तथा परामर्श
सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा  अति भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा

 

प्रकाशित: Aug 06, 2024| 18:48 मंगलबार, साउन २२, २०८१
प्रतिक्रिया दिनुहोस्