शनिबार, जेठ १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सबैभन्दा बढी लाभांश क्षमता कामना सेवा विकास बैंकको, अरु सूचकमा गरिमा अगाडि

सबैभन्दा बढी लाभांश क्षमता कामना सेवा विकास बैंकको, अरु सूचकमा गरिमा अगाडि

 |  सोमबार, साउन २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन २१, २०८१

काठमाडौं- राष्ट्रिय स्तरका ८ वटा विकास बैंकमध्ये आर्थिक वर्ष २०८०-८१ मा सबैभन्दा राम्रो लाभांश क्षमता कामना सेवा विकास बैंकको देखिएको छ।  विकास बैंकहरुले प्रकाशित गरेको गत आवको वित्तीय विवरणका आधारमा हेर्दा यो बैंकले आफ्ना सेयरधनीलाई ११.९१ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्छ।

National life

कामना सेवालाई पछ्याउँदै १०.५२ प्रतिशत क्षमतासहित गरिमा विकास बैंक दोश्रो नम्बरमा देखिएको छ। गरिमाले प्रतिसेयर आम्दानी, खुद नाफा लगायत सूचकमा भने कामनालाई पनि उछिनेको छ। चौथो त्रैमाससम्ममा गरिमाको प्रतिसेयर आम्दानी २० रुपैयाँ, खुद नाफा १ अर्ब १३ करोड रुपैयाँ र खराब कर्जा अनुपात २.८९ प्रतिशत रहेको छ।  

गरिमा र मुक्तिनाथ विकास बैंकले मात्र १ अर्बभन्दा बढी नाफा कमाएका छन्। मुक्तिनाथले १ अर्ब २७ करोड नाफा कमाउँदा ईपीएस भने १८.१५ रुपैयाँ रहेको छ। खराब कर्जा अनुपातको हिसाबले मुक्तिनाथ सबैभन्दा सुविधाजनक अवस्थामा देखिएको छ। यो बैंकको खराब कर्जा अनुपात २.२६ प्रतिशत रहेको छ। मुक्तिनाथको लाभांश क्षमता भने ४.७१ प्रतिशत छ।  

गरिमा र मुक्तिनाथपछि साइन रेसुंगा डेभलपमेन्ट बैंकले ६९.७४ करोड खुद नाफा कमाएको छ। यो बैंकको ईपीएस १४.७३ रुपैयाँ रहेको छ भने खराब कर्जा अनुपात ३.४३ प्रतिशत छ। लाभांश क्षमता भने ८.१२ प्रतिशत रहेको छ। लाभांश क्षमताको हिसाबले राष्ट्रियस्तरका विकास बैंकमा साइन तेश्रो नम्बरमा देखिएको छ।

महालक्ष्मी विकास बैंकले ४७ करोड नाफा कमाएको छ। सांग्रिला डेभलपमेन्ट बैंकले ५२ करोड नाफा कमाउँदा लाभांश क्षमता ५.१८ प्रतिशत रहेको छ।  

Shivam cement

ज्योति विकास बैंकको  नाफा २४.६५ करोड छ र वितरणयोग्य मुनाफा नकारात्मक छ। लुम्बिनी विकास बैंकले नाफा ६० करोड कमाएको छ। यो बैंकको लाभांश क्षमता ७.४० प्रतिशत रहेको छ।

 

प्रकाशित: Aug 05, 2024| 14:41 सोमबार, साउन २१, २०८१
प्रतिक्रिया दिनुहोस्