बुधबार, चैत २०, २०८१

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त

 |  आइतबार, साउन २०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन २०, २०८१

vianetvianet
triton college

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले आज शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

आइतबार कांग्रेस संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। लगत्तै एमालेको समर्थनमा शाहले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी गरेका थिए।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेसका १८ र एमालेका ११ सांसदको समर्थनमा शाह मुख्यमन्त्री नियुक्त भएका हुन्। यसअनुसार उनले सहजै विश्वासको मत पाउने देखिन्छ।

प्रकाशित: Aug 04, 2024| 17:29 आइतबार, साउन २०, २०८१
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्