शनिबार, जेठ १६, २०८३

कर्णालीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ

 |  आइतबार, साउन २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन २०, २०८१
National life
Shivam cement

काठमाडौं- कर्णाली प्रदेश सरकारका चार नवनियुक्त  मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य राजीव विक्रम शाह, घनश्याम भण्डारी, सुरेश अधिकारी र बिजया बुढाले आज पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

शाह आर्थिक मामिला तथा योजना, भण्डारी सामाजिक विकास, अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरण र बुढा जलस्रोत तथा ऊर्जा विकास मन्त्री नियुक्त भएका थिए।

प्रकाशित: Aug 04, 2024| 16:53 आइतबार, साउन २०, २०८१
प्रतिक्रिया दिनुहोस्