सोमबार, असार १, २०८३

सुदूरपश्चिमको मुख्यमन्त्री बन्दै कांग्रेसका शाह

 |  आइतबार, साउन २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन २०, २०८१
National life
Shivam cement

काठमाडौं- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेस गरेका छन्। आइतबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनले दाबी पेस गरेका हुन्।

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गर्न आइतबार साँझ ५ बजेसम्मको समय तोकेका थिए। एमालेको समर्थनमा शाहले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८ र एमालेका ११ सांसद रहेका छन्। विश्वासको मत पाउन यो मत काफी छ।

प्रकाशित: Aug 04, 2024| 14:25 आइतबार, साउन २०, २०८१
प्रतिक्रिया दिनुहोस्