शनिबार, जेठ १६, २०८३

सरकारले स्टन्टका लागि कुनै काम गर्दैन: प्रधानमन्त्री ओली

 |  आइतबार, साउन २०, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन २०, २०८१
National life
Shivam cement

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले स्टन्टबाजीका रूपमा कुनै काम नगर्ने बताएका छन्। पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

'कांग्रेस र एमालेको समीकरणले कुनै भुलभुलैयामा, पपुलिस्ट हुने वा स्टन्टबाजीका रूपमा कुनै काम गर्दैन', ओलीले भने। कतिपयले संविधान फेर्न नपाउने ग्रन्थ जस्तो भनेर भ्रम फैलाइरहेको ओलीले टिप्पणी गरे। उनले लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानको स्वीकार्यता र प्रभावकारी अभिवृद्धि गर्न संविधानमा संशोधन गरिने बताए।

ओलीले पार्टीमा कुनै पनि हिसाबको गुटबन्दी स्वीकार्य नहुने चेतावनीसमेत दिए। गुटबन्दीका कारण एमाले विभाजन भएको भन्दै उनले अब एमालेमा गुटबन्दी स्वीकार्य नहुने बताए। उनले भने, ‘हाम्रो पार्टीमा लामो समयदेखि गुटबन्दी थियो। या त हामीले गुटबन्दी नियन्त्रण गर्न सक्नुपर्थ्यो, सकिएन भने अन्ततः विभाजनमा जान्थ्यो हाम्रो पार्टीमा त्यस्तै भयो। हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन,’ उनले भने।

प्रकाशित: Aug 04, 2024| 14:18 आइतबार, साउन २०, २०८१
प्रतिक्रिया दिनुहोस्