बिहीबार, भदौ ४, २०८३

झापामा एक हजार एक सय १० उद्योग दर्ता

 |  बिहीबार, साउन १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १७, २०८१

भद्रपुर- आर्थिक वर्ष २०८०/८१ झापामा एक हजार एक सय १० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन्।

घरेलु  तथा साना उद्योग कार्यालयमा उद्योगतर्फ छ सय २९ र वाणिज्यतर्फ चार सय ८१ फर्म दर्ता भएका हुन्।

उक्त कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार दुई सय ८८ उद्योग खारेज हुँदा एक हजार सात सय आठ उद्योगले नवीकरण गरेका छन्। 

गत आवमा दुई सय ४३ उद्योगले पुँजी वृद्धि गर्दा झापाका घरेलु तथा साना उद्योगको पुँजी तीन अर्ब २८ करोड रुपैयाँले बढेको थियो। वाणिज्यतर्फ दुई सय ७८ फर्मले पुँजी वृद्धि गर्दा पाँच अर्ब एक करोड १० लाख ५० हजार रुपैयाँ भएको छ।

उक्त कार्यालयले गत आवमा दुई करोड ६८ लाख ९० हजार सात सय ५० रुपैयाँ राजस्व संकलन गरेको थियो। आव २०७९/८० मा एक करोड ८० लाख छ हजार रुपैयाँ संकलन भएको थियो। रासस

प्रकाशित: Aug 01, 2024| 20:31 बिहीबार, साउन १७, २०८१
प्रतिक्रिया दिनुहोस्