आइतबार, मंसिर २८, २०८२

नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

 |  बिहीबार, साउन १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १७, २०८१

त्रिशूली- कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका-२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ। 

National life

नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ। त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ।

स्थानीय किसान आरबी नेपालका अनुसार किसानले हालै रोपिएको खेत पूर्ण रुपमा बगर बनेको छ। 'बाढी रोकिएपछि रोपो उठाउन कोसिस गरे पनि ग्रेगरसहितको बालुवा र लेदोले पुरेकाले धेरै क्षति भएको छ', उनले भने, 'दुई सय रोपनी खेतलाई क्षति पुर्याउँदै अहिले खोला बगिरहेको छ भने चार सय रोपनी खेतमा लगाएको रोपो पनि पुरिएको छ।'

बाढीको कारण स्यानीय समाजसेवी जनक ढुंगानाले व्यक्तिगत लगानीमा केही वर्षअघि निर्माण गरेको झोलुंगे पुलमा पनि क्षति भएको छ। पुलको पिलर बगाएसँगै आवागमन रोकिएको छ। स्थानीय किसान अरुण राईले व्यावसायिक रूपमा गर्दै आएको माछापोखरीमा पनि क्षति भयो। 

तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले बाढीबाट भएको क्षतिको लगत संकलन गरेर किसानलाई सक्दो सहयोग गर्न आफू तत्पर रहेको बताए। 'प्राविधिक प्रतिवेदन र स्थलगत अनुगमन गरेर पीडित किसानलाई सहयोग गर्नेछौँ' उनले भने। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 01, 2024| 18:31 बिहीबार, साउन १७, २०८१
प्रतिक्रिया दिनुहोस्