शनिबार, जेठ १६, २०८३

कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

 |  बिहीबार, साउन १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १७, २०८१
National life
Shivam cement

दोधारा चाँदनी- कञ्चनपुरको दोधारा चाँदनीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बाघको आक्रमणमा परी दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार शाह उखुबारीमा आज मृत फेला परेकी हुन्। ‘खेतमा धान गोड्ने बेला बाघले आक्रमण गरेको रहेछ’, उहाँले भन्नुभयो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक जोशीले भन्नुभयो। 

मृतक शाहको शव परीक्षणका लागि दोधारा चाँदनी  अस्पतालमा राखिएको छ। यसैगरी मङ्गलबार कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकामा पनि बाघको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका–५ की मानमती साउँद घाइते भएकी थिइन्।   

प्रकाशित: Aug 01, 2024| 15:10 बिहीबार, साउन १७, २०८१
प्रतिक्रिया दिनुहोस्