बुधबार, असोज १, २०८२

पाँच प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने

 |  बिहीबार, साउन १७, २०८१
machha bankmachha bank

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १७, २०८१

vianetvianet

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

Kumaribank

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताउँदै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा  मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ।

आज रात देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।  कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ। कोशी, बागमती, गण्डकी, कर्णाली  र सुदुरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाउँदै विभागले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ। 

गए राति  पनि विभागले एक  सूचना निकालेर कोशी प्रदेशका धेरै स्थान तथा मधेस  र बागमती  प्रदेशका केही स्थानका साथै गण्डकी र सदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित  वर्षा भइरहेकाले सचेत रहन आग्रह गरेको थियो। 

प्रकाशित: Aug 01, 2024| 09:12 बिहीबार, साउन १७, २०८१
प्रतिक्रिया दिनुहोस्