शनिबार, जेठ १६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • स्वास्थ्यले साथ दिएसम्म पार्टीको बैठक बालुवाटारमा राख्दिनँ: प्रधानमन्त्री ओली

स्वास्थ्यले साथ दिएसम्म पार्टीको बैठक बालुवाटारमा राख्दिनँ: प्रधानमन्त्री ओली

 |  बिहीबार, साउन १७, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १७, २०८१
National life
Shivam cement

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यले साथ दिएसम्म पार्टीको बैठक सरकारी निवासमा नराख्ने बताएका छन्। बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो जनाएका हुन्।

फेसबुकमा पोस्ट गर्दै उनले भनेका छन्, ‘सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनुभएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु। आज हाम्रो पार्टीको सचिवालय बैठक छ। मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ’, उनले लेखेका छन्।

प्रकाशित: Aug 01, 2024| 08:59 बिहीबार, साउन १७, २०८१
प्रतिक्रिया दिनुहोस्