बिहीबार, चैत २६, २०८२

रातभरि वर्षा, उपत्यका जलमग्न

 |  बुधबार, साउन १६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, साउन १६, २०८१

काठमाडौं‍‍‍- गए रातिदेखिको झरीले काठमाडौं उपत्यकाका अधिकांश ठाउँ जलमग्न भएका छन्। नदी तथा खोलाको बाढी बस्तीमा पसेको हो।

National life

अविरल वर्षाका कारण बागमती नदी, हनुमन्ते खोला, गोदावरी खोला, मनोहरा खोलामा बाढी आएको छ भने बागमती पनि उर्लिएको छ। धोबी खोलाको बाढी पनि सडकमा निस्किनुका साथै बस्तीमा पसेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बागमती नदीको जलसतहले ललितपुरको खोकनामा खतराको तह पार गरेको छ। 

हनुमन्ते खोलामा पनि जलसतह खतरा तहभन्दा माथि रहेको महाशाखाले जनाएको छ। हनुमन्ते खोला भक्तपुरको जगातीमा र कौशलटारमा जलसतह खतरा तह पार गरेको छ।

पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको छ। विशेष गरी कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका  धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

kumari

मधेश, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले बताएको छ ।

हाल देशभर साधारणतया बदली रहेको बागमती र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा वाग्मती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले अनुरोध गरेको छ ।

पछिल्लो १२ घन्टामा उपत्यकाका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा मापन भएको छ।

काठमाडौंको धाप ड्याममा १०७.८ मिलिमिटर, बूढानीलकण्ठमा ९० मिलिमिटर, कपनमा ७४ मिलिमिटर, सुन्दरीजलमा ६०.६ मिलिमिटर, बबरमहलमा ६२.२ मिलिमिटर, नैकापमा ६१.४ मिलिमिटर, कीर्तिपुरमा ६५ मिलिमिटर, टीकाथलीमा ६७.४ मिलिमिटर, खुमलटारमा ५९.४ मिलिमिटर वर्षा मापन भएको छ।

 

प्रकाशित: Jul 31, 2024| 07:22 बुधबार, साउन १६, २०८१
प्रतिक्रिया दिनुहोस्