शनिबार, जेठ १६, २०८३

चीनका राजदूत फिर्ता बोलाइए, भारतमा यथावत्

 |  सोमबार, साउन १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन १४, २०८१

काठमाडौं- सरकारले भारतका लागि नेपाली राजदूतमा शंकर शर्मालाई नै निरन्तरता दिएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शर्मालाई अर्को कार्यकालको लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको हो।

National life

शर्मालाई यसअघि पुष्पकमल दाहाल नेतृत्वमा रहेको एमाले–माओवादी गठबन्धन सरकारले फिर्ता बोलाउने निर्णय गरेको थियो। तर, सरकार परिवर्तन भएर केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेस–एमालेको समीकरण भएसँगै राजदूत शर्मालाई फिर्ता बोलाइएको थियो।

ओली सरकारले शर्मालाई थप १५ दिन समय दिएको थियो। तर, सोमबार फेरि अर्को कार्यकालमा लागि शर्मालाई नै नियुक्त गरिएको छ।

सरकारले चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई भने फिर्ता बोलाएको छ। श्रेष्ठलाई फिर्ता बोलाएर उनको ठाउँमा कृष्णप्रसाद ओलीलाई सिफारिस गरिएको छ।

मन्त्रिपरिषद् बैठकले अमेरिकामा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, मलेसियामा डा. नेत्र तिमल्सिनालाई सिफारिस गर्ने निर्णय गरेको छ।
 

Shivam cement

प्रकाशित: Jul 29, 2024| 21:10 सोमबार, साउन १४, २०८१
प्रतिक्रिया दिनुहोस्