शनिबार, भदौ ६, २०८३

भूकम्पले मुहान सुकेपछि खानेपानी समस्या

 |  सोमबार, साउन १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन १४, २०८१

सुर्खेत- जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाका स्थानीयवासीलाई खानेपानीको समस्या भएको छ। 

गत कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाडाँ केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भेरी नगरपालिका–१ पिपेखोला गैरी खेतको पानीको मुहान सुकेपछि रिम्नामा खानेपानीको संकट परेको हो। 

‘अहिले रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१ स्थित चाइनाबगरबाट पानी ल्याउनुपरेको छ,’ भेरी–१ रिम्नास्थित दिलमाया रानाले भनिन्।

उनले धारामा पानी आउन छाडेको करिब नौ महिना भएको पनि बताइन्। ‘हाम्रो दुःख बुझ्ने कोही भएनन्,’ उनले गुनासो गरिन्।

प्रकाशित: Jul 29, 2024| 22:01 सोमबार, साउन १४, २०८१
प्रतिक्रिया दिनुहोस्