शनिबार, जेठ १६, २०८३

सुकिलुम्बा विमानस्थलमा दुई महिनादेखि हवाई उडान ठप्प

 |  सोमबार, साउन १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन १४, २०८१

इलाम- इलामको सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द रहेको छ। खराब मौसमका कारण यहाँ हवाई उडान बन्द भएको हो।

National life

यसअघि गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेको थियो। जेठ १७ गते काठमाडौंबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौं नै फर्केको थियो।

त्यसयता उडान हुन नसकेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले जानकारी दिए। मौसममा सुधार नआउन्जेलसम्म हवाई उडान नहुने उनको भनाइ छ। 

नेपाल एयरलाइन्सले २०७९ माघ १ गतेदेखि इलाम-काठमाडौं उडान भर्दै आएको थियो। नेपाल एयरलाइन्सले सातामा आइतबार र बिहीबार गरी दुई दिन उडान भर्दै आएको थियो। नेपाल एयरलाइन्सको विमानले उडान सुरु गर्नु अघि सीता एयरलाइन्सको विमानले उडान भर्दै आएको इन्चार्ज सुन्दासले बताए।

सुकिलुम्बा विमानस्थल इलाम नगरपालिका-९ मा पर्छ। मौसम खुलेपछि नियमित उडान हुने उनले बताए।

Shivam cement

हवाई उडान बन्द भएपछि यहाँका यात्रुलाई समस्या भएको छ। हाल उनीहरु झापाको भद्रपुर विमानस्थलबाट हवाई यात्रा गर्दै आएका छन्। रासस

प्रकाशित: Jul 29, 2024| 19:01 सोमबार, साउन १४, २०८१
प्रतिक्रिया दिनुहोस्