सोमबार, भदौ २३, २०८२

वन्यजन्तुबाट पीडित ४५७ किसानलाई ३० लाख क्षतिपूर्ति

 |  सोमबार, साउन १४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन १४, २०८१

vianetvianet

राँझा- बाँके राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट पीडित मध्यवर्ती क्षेत्रका चार सय ५७ किसानलाई क्षतिपूर्ति वितरण गरेको छ।

Kumaribank

गत आर्थिक वर्ष २०८०/८१ मा एक वर्षको अवधिमा पशु धन क्षति भएका चार सय ५७ किसानलाई ३० लाख १८ हजार चारसय १० रूपैयाँ क्षतिपूर्ति वितरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले बताए।

उनका अनुसार एक वर्षको अवधिमा बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चितुवा आक्रमणबाट सामान्य घाइते भएका दुई सर्वसाधारणलाई एक लाख २३ हजार आठ सय १० रूपैयाँ क्षतिपूर्तिबापत उपलब्ध गराइएको छ।

यसैगरी, पशुधन क्षतिका एकसय ८१ घटनामा १८ लाख २५ हजार तीनसय र अन्नबाली क्षतिका दुई सय ७२ घटनामा १० लाख ६९ हजार तीन सय रूपैयाँ क्षतिपूर्ति वितरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले बताए।

बाँके राष्ट्रिय निकुञ्जले अघिल्लो आर्थिक वर्षमा तीन सय ६४ वन्यजन्तुबाट पीडित सर्वसाधारणलाई क्षतिपूर्ति प्रदान गरेको थियो। चितुवाको आक्रमणबाट तीन सख्त घाइते र एक सामान्य घाइतेलाई चार लाख ८९ हजार रूपैयाँ, पशुधन क्षतिका ६८ घटनामा छ लाख ९६ हजार चार सय ५० रूपैयाँ र अन्नबाली क्षतिका दुई सय ९२ घटनामा १२ लाख ४१ हजार दुई सय ५० रूपैयाँ क्षतिपूर्ति वितरण गरिएको थियो।

Metro Mart

वन्यजन्तु अपराधसम्बन्धी सात मुद्दा दर्ता 
बाँके राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्ष २०८०/८१ मा वन्यजन्तुको चोरी-सिकारी तथा अपराधसम्बन्धी विभिन्न सात थान मुद्दा दर्ता गरेको छ। सात मुद्दामध्ये छ थान बाँके राष्ट्रिय निकुञ्ज र एक बाँके जिल्ला अदालतमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार दर्ता गरिएको निकुञ्जका रेञ्जर बिनिता केसीले जानकारी दिइन्।

उनका अनुसार गत आर्थिक वर्षमा संरक्षित जनावर चौखाको चोरी-सिकारीमा संलग्न एक मुद्दा बाँके जिल्ला अदालतमा दर्ता गरिएको छ भने सवारी साधनको ठक्करबाट मृत्यु भएका पाँच र चित्तल सिकारीको एक गरी छ मुद्दा निकुञ्जमै दर्ता भएका छन्।

'राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित जनावरको चोरी-सिकारीको मुद्दा अदालतमा दर्ता गर्छौँ, अन्य जनावरको मुद्दा निकुञ्जमै दर्ता गरेर अनुसन्धान र फैसला हुने गर्दछ', निकुञ्जका रेञ्जर केसीले भनिन्, 'गत आर्थिक वर्षका सातवटा मुद्दा अनुसन्धानका क्रममा रहेका छन्, अझै फैसला भइसकेको छैन।'

गत आर्थिक वर्ष सवारी साधनसँग ठोक्किएर एक रतुवा र चार चित्तलको मृत्यु भएको तथा एक चित्तल चोरी-सिकारीको मुद्दा निकुञ्जमा दर्ता भएको छ। यसैगरी, संरक्षित जनावर चौखा चोरी-सिकारीको एक मुद्दा बाँके जिल्ला अदालतमा दर्ता भएको छ। रासस

प्रकाशित: Jul 29, 2024| 14:13 सोमबार, साउन १४, २०८१
प्रतिक्रिया दिनुहोस्