मंगलबार, असार १०, २०८२

टेक्ससमा गोली चल्दा नेपालीको ज्यान गयो

 |  सोमबार, साउन १४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन १४, २०८१

vianetvianet

अमेरिकाको टेक्सस राज्यमा एक जना नेपालीको गोली हानेर हत्या भएको छ । मृतक रुकुम बाफीकोटको ३० वर्षका दीपक ओली भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

वली टेक्ससको वाको सहर नजिकै हाइवे ३५ मा रहेको एक ग्यास स्टेसनमा काम गर्थे। घटना सोमबार बिहान ५:२० बजेतिरको भएको बताइएको छ । घटनाको समयमा बन्दुक बोकेर दुई पुरुष ग्यास स्टेसनमा आएको सीसीटीभी फुटेजले देखाएको छ । त्यतिबेला वली काउन्टरमा उभिरहेका थिए ।

उनी भाग्न खोजे पनि गोलीबाट भने बच्न नसकेको प्रहरीले बताएको छ। वलीकी श्रीमती र ५ वर्षकी छोरी रहेको बताइएको छ ।

प्रकाशित: Jul 29, 2024| 12:36 सोमबार, साउन १४, २०८१
प्रतिक्रिया दिनुहोस्