सोमबार, भदौ २३, २०८२

नेताहरुको मृत्युको कामना गर्दै 'अनुष्ठान' गरेका खतिवडा पक्राउ

 |  सोमबार, साउन १४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन १४, २०८१

vianetvianet

काठमाडौं- सामाजिक सञ्जालमा चर्चित ज्योतिषी तथा धार्मिक अभियन्ता पुष्कर खतिवडा निवासबाटै पक्राउ परेका छन्। एक धार्मिक 'अनुष्ठान'मा सहभागी हुँदै गर्दा काठमाडौं प्रहरी परिसरबाट आएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

Kumaribank

उनले गरिरहेको अनुष्ठानको प्रयोजन आपत्तिजनक भएको भन्दै प्रहरीले पक्राउ गरेको हो। प्रहरी नियन्त्रणबाटै उनले सामाजिक सञ्जालमा आफू पक्राउ परेको सूचना दिएका छन्। उनले लेखेका छन्, ‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ। कामना गरौं देश बनोस्।’

चार दिनअघि उनले नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको र त्यसमा सबैले साथ दिन भन्दै भिडियो पोष्ट गरेका थिए। त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना भएलगत्तै उनले भिडियो पोष्ट गरेका थिए।

उनले भनेका थिएः

‘मलाई धेरैले गाली गर्नुहोला। नराम्रो भन्नुहोला। नकारात्मक कमेन्ट गर्नुहोला। तर, मलाई यसले खासै फरक पर्दैन। अब अति नै भइसकेको छ। श्रावणको सोमबार मेरो नित्य साधनाको समयमा, यो देशलाई खाल्डामा हाल्ने नेताहरू जति छन्, उनीहरूको फोटो हारसहित राखेर यमराजको मूर्ति निर्माण गरेर वा फोटो राखेर उनीहरूको मृत्यूको लागि यमराजको पूजा गर्ने निर्णय गरेको छु।

Metro Mart

तपाईंहरू पनि यो पूजामा सहभागी भएर उनीहरूलाई तीलाञ्जली वा तर्पण दिन चाहनुहुन्छ भने यो महान कार्यमा सहभागी भइदिनु होला। गाली गर्नेलाई यो कमेन्ट बक्स खुला छ।’

धेरैजसो कमेन्ट समर्थनमा आएपछि हौसिएका खतिवडाले आज साँच्चिकै सो अनुष्ठानको आयोजना गरेका थिए। केही युट्युवरहरू अनुष्ठानको भिडियो खिच्न पुगेका थिए। खतिवडाले आफ्नो फेसबुक पेजमा अनुष्ठानको लाइभ पनि गरेका छन्। पूजा सामग्रीहरूको बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेको भिडियोमा देखिन्छ। खतिवडाले मन्त्रोच्चारण गरिरहेका छन्।

झापा घर भएका खतिवडाले फेसबुकमा आफूलाई धर्मगुरु र ज्योतिष भनेर चिनाएका छन्। सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट स्नातक गरेको उनको प्रोफाइलमा उल्लेख छ। उनले युट्युव च्यानलहरूलाई अन्तरवार्ता दिएर विभिन्न भविष्यवाणी गर्ने गरेका थिए।

प्राइम टेलिभिजनमा ‘ज्योतिष चक्र’ कार्यक्रम चलाउने खतिवडाले करिब दुई साता अगाडि साउन र भदौ महिना राम्रो नरहेको र विभिन्न अनिष्ट हुन सक्ने भविष्यवाणी गरेका थिए। उनले भनेका थिए, ‘यदि टाढाको यात्रा प्लेनको गर्दै हुनुहुन्छ भने विशेष गरेर साउन र भदौ महिना मंगल र शनिको प्रभावका कारण अत्यन्त खतरा रहेको छ। कुनै ठूला ठूला राजनीतिज्ञ, सेलिब्रिटीको निधनको खबर आउन सक्छन् भने कुनै पनि हवाईसँग सम्वन्धित दुर्घटना वा अत्यधिक कुनै पनि प्रकारका दुर्घटनाको योग बनिरहेको छ। त्यसैले यी दुई महिना अत्यन्तै खराब समय चलिरहकाले लामो यात्रा नगर्नु होला।’

सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि आफ्नो भविष्यवाणी मिलेको भन्दै उनले सामाजिक सञ्जालमा विवादास्पद पोस्ट गरेका थिए। त्यसमा उनले लेखेका छन्

एयरलाईन्सहरू तपाईँहरू दुर्घटनाको उच्च जोखिममा हुनुहुन्छ। आउनुस् कुन-कुन दिन प्लेन नउडाउने लेखेर दिन्छु। सञ्जालमा चाहिँ पक्कै हाल्दिनँ। यो सिलसिला झन् लम्बियो किनभने आज दुर्घटनाले पन्चक भेट्यो ! गोचरीय हिसाबमा राष्ट्रमा उथलपुथलको पनि योग बन्दैछ। ओलीजी होसियार रहनुहोला।

प्रकाशित: Jul 29, 2024| 12:25 सोमबार, साउन १४, २०८१
प्रतिक्रिया दिनुहोस्