मंगलबार, पुस ८, २०८२

स्कुल बस दुर्घटनामा दुईजनाको मृत्यु, दुईको अवस्था गम्भीर

 |  सोमबार, साउन १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, साउन १४, २०८१

पोखराको फुस्रेखोलामा भएको एलपी देवकोटा मेमोरिय इंग्लिस बोर्डिङ स्कुलको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

National life

गण्डकी मेडिकल कलेज पृथ्वीचोकमा उपचारको क्रममा ६ वर्षीय बालक प्रिन्स विकको मृत्यु भएको हो। यसअघि सोही अस्पतालमा पोखरा महानगरपालिका- २१ रामदीकी ३३ वर्षीय वर्षीय आरती विकको पनि उपचारको क्रममा मृत्यु भएको थियो।

मृतक आरती र प्रिन्स आमाछोरा हुन्। आरती विद्यालयको कार्यालय सहयोगी पदमा कार्यरता थिइन्। सोमबार बिहान पोखरा महानगरपालिका- २१ रामदीबाट विद्यार्थी लिएर फर्कँदै गरेको ग १ क ६३१९ नम्बरको बस गुट्कुमा अनियन्त्रित भई सडकबाट झन्डै ६० मिटर तल खसेको हो।

दुर्घटनामा चालकसहित २८ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ। गण्डकी मेडिकल कलेजमा १३ जनाको उपचार भइरहेको छ। तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतामा १२ जना र मणिपाल शिक्षण अस्पतालमा ३ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 29, 2024| 12:15 सोमबार, साउन १४, २०८१
प्रतिक्रिया दिनुहोस्