मंगलबार, असार १०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका ७५ वर्षीय पूर्वमन्त्री जोशी नौ महिना जेल बस्नुपर्ने

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका ७५ वर्षीय पूर्वमन्त्री जोशी नौ महिना जेल बस्नुपर्ने

 |  आइतबार, साउन १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन १३, २०८१

vianetvianet

काठमाडौं- सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। 

उनका अनुसार अदालतले पूर्वमन्त्री जोशीलाई दोषी ठहर गर्दै नौ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको छ। 

यसअघि विशेष अदालतले जोशीलाई गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार तीन सय ७६ जरिवाना हुने फैसला सुनाइएको थियो। विशेष अदालतको उक्त फैसलाविरुद्ध जोशीले २०६९ साल फागुनमा सर्वोच्चमा पुनरावेदन दायर गरेका थिए। 

अदालतले भ्रष्टाचारकै मुद्दामा ताराराज पाण्डे र बासुदेव पन्तलाई भने सफाइ दिएको छ। सर्वोच्चको यो फैसलासँगै ७५ वर्षीय जोशीले ९ महिना जेल बस्नुपर्ने भएको छ।

प्रकाशित: Jul 28, 2024| 19:38 आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्