सोमबार, भदौ २३, २०८२

घातक हुन सक्छ हैजा, लापरवाही नगरौं

 |  आइतबार, साउन १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन १३, २०८१

vianetvianet

काठमाडौं- काठमाडौँमा तीन जना हैजाका बिरामी भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रशोगशालामा परीक्षण गर्दा कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा अर्जुन सापकोटाले जानकारी दिए।

Kumaribank

बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। “तीन जनामा रोग पुष्टि भएको छ। हैजा कसरी फैलियो भन्नेबारेमा अध्ययन गर्न टोली पठाइएको छ। अन्यत्र फैलिन नदिनका लागि सचेत छौं”, डा अर्जुन सापकोटाले भने।

यसअघि ललितपुरको एक सुधार केन्द्रमा हैजाका सात जना बिरामी भेटिएका थिए। कार्यालय प्रमुख डा सापकोटाले दूषित पानीका कारण हैजा फैलिएको हुनसक्ने बताए। केही दिनअघि टुकुचा खोला र बागमती नदीको सङ्गम स्थलमा टेकुमा पोलियोको जीवाणु देखिएको थियो। 

चिकित्सकका अनुसार हैजाको जीवाणु सङ्क्रमित खाना वा पानीको सेवन, सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले लाग्ने गर्दछ। सङ्क्रमितको समयमै उपचार नभएमा मृत्यु पनि हुनसक्दछ। हैजाका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ।

यस्तै कडा लक्षण देखिएमा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, तिर्खा लाग्ने, छाला सुक्खा हुने, रक्तचाप कम हुने, पिसाब पहेँलो हुने र पिसाबको मात्रा कम हुने हुन्छ। 

Metro Mart

प्रकाशित: Jul 28, 2024| 18:30 आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्