मंगलबार, पुस ८, २०८२

कर्णालीमा पर्यटनबाट उठ्यो २ करोड राजस्व

 |  आइतबार, साउन १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन १३, २०८१

कर्णाली- कर्णाली प्रदेश सरकारले प्रदेशका केही पर्यटकीय क्षेत्रबाट २ करोड १४ लाख ७५ हजार ९ सय १७ रुपैयाँ राजस्व संकलन गरेको छ।

National life

आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले रारा राष्ट्रिय निकुञ्जबाट ४१ लाख १२ हजार २ सय, सुर्खेत प्रादेशिक सहिद पार्कबाट ९० लाख ९० हजार, काक्रेबिहारबाट ११ लाख ५० हजार ३ सय र बुलबुले उद्यानबाट ७१ लाख १४ हजार ४ सय १७ रुपैयाँ राजस्व संकलन गरेको हो।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास शाखाका प्रमुख प्रशासकीय अधिकृत देवकुमारी शाहीका अनुसार से-फोक्सुण्डो ताल, गुराँसे गाउँपालिकामा रहेको दैलेख‘भ्यूटावर’बाटसंकलन भएको राजस्व यसमा समावेश भएको छैन। 

पर्यटकीयस्थलले युक्त कर्णालीका सल्ल्यानको कुपिण्डे ताल, रुकुमपश्चिमको स्यार्पुताल, जुम्लाको गिडी दह, चन्दननाथ मन्दिर, कनकासुन्दरी, डोल्पाको त्रिपुरासुन्दरी, कालिकोटको पचाल झरना, दैलखेको पञ्चकोशी, दुल्लु दरबार, गढी क्षेत्र, हुम्लाको लिमी उपत्यका, जाजरकोट दरबार, सुर्खेतको बराहताल, जाजुरा दहलगायत स्थानको अभिलेख पनि  मन्त्रालयसँग नभएको उनले बताइन‍्। रासस

प्रकाशित: Jul 28, 2024| 22:01 आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्