मंगलबार, असार १०, २०८२

पहिरोले कान्ति लोकपथ अवरुद्ध

 |  आइतबार, साउन १३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन १३, २०८१

vianetvianet

मकवानपुर- काठमाडौं र हेटौँडालाई जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ। कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका-२ पाङ्धुरे र छबेनीमा शनिबार राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो।

यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिका-८ अन्तर्गत पर्ने कान्ति लोकपथको सिरानचोकमा पहिरो जाँदा हेटौँडाबाट ठिगनतर्फको यातायात सेवा पनि अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए। पाङ्धुरे र छबेनीमा गएको पहिरो हटाउने काम भइरहेको छ।

अहिले त्रिभुवन राजपथ, हेटौँडा कुलेखानी हुँदै काठमाडौंतर्फ जाने मातातीर्थ, फाखेल र सिस्नेरी सडकमा यातायात सेवा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 28, 2024| 14:26 आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्