शनिबार, जेठ १६, २०८३

नेकपा एसको केन्द्रीय कमिटी बैठक सोमबार

 |  आइतबार, साउन १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, साउन १३, २०८१
National life
Shivam cement

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक भोलि सोमबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार १:०० बजे बस्ने बैठकले केन्द्रीय सदस्य टुङ्गो लगाउने केन्द्रीय सदस्य आलोक रायमाझीले राससलाई जानकारी दिए।

पार्टी विधानअनुसार दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा अब तीन सय २९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ।
 
सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने नेता रायमाझीले बताए।

प्रकाशित: Jul 28, 2024| 09:10 आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्